कांग्रेस विधि विधानमा चल्न सकेन :नवीन्द्रराज जोशी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी विधि विधानभित्र चल्न नसकेको प्रष्ट पारेका छन् ।
जोशीले नेपाली कांग्रेसभित्र अहिलेको लडाई पार्टी विधि विधानभित्र चलाउने कि नचलाउने भन्ने विषयमा नै केन्द्रीत रहेको बताए ।
कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्यो कि सकेन भन्ने विषयमा केन्द्रीत रहेको धारणा राखे । ‘नेपाली कांग्रेस अब सच्चिन जरुरी छ’,नेपाली कांग्रेस विर्तामोड नगर समितिले विर्तामोडमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन अब महाधिवेशनतर्फ केन्द्रीत हुनुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here