बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँ फरार

बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रहरीले जिल्ला प्रशासनको अनुमति पाएको छ । अनुमति पाएलगत्तै प्रहरी प्रसाईँको घरमा पुगे पनि प्रसाईँ भने फरार रहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । गएको मंगलबार बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप लगाउनुभएको थियो भने, श्रीकृष्ण गिरीले तत्कालै पत्रकार सम्मेलन गरेर खण्डन गरेका थिय ।

LEAVE A REPLY