बी एण्ड सी अस्पतालका सञ्चालक प्रसाईंलाई पक्राउ गर्ने आदेश

जिल्ला प्रशासन कार्यालय, भक्तपुरले बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्रन आदेश दिएको छ ।
मेडिकल कलेजको सम्बन्धनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाएपछि गिरीले प्रसाईंविरुद्ध मानहानीको मुद्दा हालेका थिए ।डा. गिरीले आफू असुरक्षित रहेको भन्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा पनि निवेदन दिएका थिए । सोही निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालयले प्रसाईंलाई पक्रन अनुमति दिएको प्रहरीले जनाएको छ । प्रहरी भक्तपुरस्थित प्रसाईं निवास पुगे पनि नभेटिएको जनाइएको छ ।

LEAVE A REPLY