दुर्गा प्रसाईंलाई पक्रन प्रहरीलाई अनुमति

जिल्ला प्रशासन कार्यालय, भक्तपुरले मेडिकल सञ्चालक दुर्गा प्रसाईंलाई पक्रन प्रहरीले अनुमति पाएको छ । यद्यपि, प्रहरीले बीएण्डसी अस्पतालका सञ्चालक प्रसाईंलाई पक्राउ गरिसकेको छैन ।

मेडिकल कलेजको सम्बन्धनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाएपछि गिरीले प्रसाईंविरुद्ध मानहानीको मुद्दा हालेका थिए ।

डा. गिरीले आफू असुरक्षित रहेको भन्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा पनि निवेदन दिएका थिए । सोही निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालयले प्रसाईंलाई पक्रन अनुमति दिएको हो ।

दुर्गा प्रसाईं तिनै व्यक्ति हुन्, जो केही समयअघिसम्म ‘मार्सी चामल’को भातका कारण चर्चामा थिए । उनले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रभाव पार्ने उद्देश्यले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष प्रचण्डलाई आफ्नो निवासमा भोज दिएको भनी आलोचना हुँदै आएको थियो । उच्च राजनीतिक पहुँच भएका उनी पटकपटक विवादास्पद अभिव्यक्ति र गतिविधिका कारण चर्चामा आउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here