दश लाख रकमसहित दुई पक्राउ

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले स्रोत नखुलेको नौ लाख ९९ हजार नगदसहित दुईजनालाई पक्राउ गरेको छ। हपक्राउ पर्नेमा पर्साका २१ वर्षीय कृष्ण यादव र चितवनका ३८ वर्षीय राजु पौडेल रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट नुवाकोट जाँदै गरेको बा २ ज ४८०२ नम्बरको ट्याक्सी चेकजाँचका क्रममा उक्त रकम फेला परेको हो ।
पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

LEAVE A REPLY