महिला यात्रुलाई दुर्व्यवहार गरेको अभियोगमा एक चालक पक्राउ

महिला यात्रुलाई दुर्व्यवहार गरेको अभियोगमा एक चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुर कटारी ५ घर भई हाल भक्तपुर सानोठिमी बस्ने २५ वर्षीय मिलन दाहाल रहेका छन् ।
बा २ ख ९३२४ नम्बरको बसका चालक दाहालले लगनखेलको सडकपेटीमा व्यापार गर्ने ती महिला सामान लिन सोमबार बिहान ५ः४५ बने लगनखेलबाट न्यूरोड जाने क्रममा दुर्व्यवहार गरेका थिए । दाहालले महिला बसमा एक्लै भएको मौकामा मोबाइल समेत नियन्त्रणमा लिइ दुर्व्यवहार गरेको उजुरीको आधारमा काठमाडौँको ढल्कुबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

LEAVE A REPLY