६४ लाख भारतीय रुपैया चोरी गर्ने तीनजना कैलालीबाट पक्राउ

भारतको नयाँ दिल्लीबाट भारतीय रकम चोरी गर्ने तीनजनालाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ ।

उनिहरुले ६४ लाख भारतीय रुपैया अर्थात नेपाली रुपैयाँ १ करोड २ लाख बढी चोरी गरेका थिय । यसबाहेक उनीहरूबाटै थप एक लाख नेपाली रुपैयाँ पनि बरामद गरीएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाजुरा बूढीगंगा नगरपालिका १, डुड्ग्रीका २९ वर्षीय जहरसिंह थापा, २८ वर्षीया मनाकुमारी खड्का र ३२ वर्षीया विन्दाकुमारी थापा छन् । जहर र मनाकुमारी भारतमै रोजगारी गर्दै आएका थिए ।

प्रहरीका अनुसार उनीहरूले उक्त रकम नयाँदिल्लीस्थित विशाल अग्रवालको घरबाट चोरी गरेका थिए । कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार चोरीएको रकमबारे भारतीय दूतावासले नेपाल प्रहरीलाई जानकारी गराएको थियो । बरामद रकम कैलालीको गौरीगंगा नगरपालिकामा रहेको विन्दाकै घरभित्र खाल्टो खनेर टिनको बाकस गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY