मुक्तिनाथ विकास बैंक द्धारा पीडित चमेली लाई राहत

मुक्तिनाथ विकास बैंक लि. ले यहि पुस २८ ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कटारी–५, भुल्केमा झुप्रोमा अतिदयनीय अवस्थामा रहेकी २८ बर्षीय सुत्केरी चमेली तामाङलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । उनको श्रीमान सुस्त मनस्थितिका रहेका छन् र उनका २ बर्षीय छोरी र भर्खर जन्मिएको छोरा छन् । उनका घरमा ओढ्ने, ओछ्याउने तथा खाद्यान्न समेत नभएकाले यस्तो चिसोमा भोक–भोकै झुप्रोमा रहेका परिवारलाईलाई बैंकले ओढ्ने, ओछ्याउने तथा खाद्यान्न सहयोग गरेको छ । उक्त सहयोगमा सामाग्रीहरु बैंकको कटारी शाखाका प्रमुख श्री विपिनकिशोर श्रेष्ठले हस्तान्तरण गरेका हुन ।

उक्त बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत सेवा ग्राहिका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको बैंकका प्रमुख सूचना अधिकारी श्री तिलबहादुर गुरुङ्गले बताएका छन् ।

LEAVE A REPLY