नेपाली सेनाद्धवारा एनआईसी एसिया बैँकको शाखा कार्यालयमा राखिएको बम डिस्पोज

नेपाली सेनाले मंगलबार दिउँसो सप्तरीको राजविराज–८ स्थित एनआईसी एसिया बैँकको शाखा कार्यालयमा राखिएको बम डिस्पोज गरेको छ ।
कार्यालय भवनको दोस्रो तला जाने भर्‍याङको बीचमा बेवारिसे अबस्थामा भेटिएको बस्तु बम भएको आशंकामा बैंकका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । बम कसले राख्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । बम कार्टुनमा प्लाष्टिकले बेरेर राखिएको अबस्थामा फेला परेको थियो ।

LEAVE A REPLY