ललितपुर र कञ्चनपुरबाट लागुऔषधसहित ५ जना पक्राउ

ललितपुर र कञ्चनपुरबाट अवैध लागुऔषधसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।ललितपुरको बागमती कोरिडर युएनपार्कस्थित सडकबाट करिब ५ सय ग्राम लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । सोही स्थानमा खटिएको प्रहरीले जाँचको क्रममा बा ४८ प ५९३० नम्बरको मोटरसाइकलमा चालक छिरिङ लामासहित २ जनालाई उक्त लागुऔषध साथमा फेला पारी पक्राउ गरेको हो।

कञ्चनपुरको पुनर्वास नगरपालिका १० दोधापुलबाट नियन्त्रित लागुऔषध नाइट्राभेट २६ ट्याब्लेट र चरेसजस्तो देखिने वस्तु करिब ८ ग्रामसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका ३ बस्ने २२ वर्षीय पुस्कर चौधरी, २५ वर्षीय प्रमिश थापा र २३ वर्षीय वीरेन्द्र राना रहेका छन्। इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले बा ३ च ९३९२ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूको साथमा उक्त वस्तु फेला पारी पक्राउ गरीएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ छानविन प्रकृया अगाडी बढाइएको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY