दुखी मानिसहरु ‘चेन स्मोकर’ बन्छन् : अध्ययन

हार्वर्ड विश्वविद्यालयले भर्खरै एउटा अनुसन्धान अनुसार उदासी र नकारात्मक भावना भएका मानिसहरुमा धुम्रपान गर्ने बानी हुने पत्ता लागेको छ । उदासी र नकारात्मक भावनालाई मानिसलाई मध्यपान र धुम्रपान गर्न अभिप्रेरित गर्ने अध्ययनले देखाएको छ ।

अनुसन्धानमा संलग्न रहेका अनुसन्धान प्रमुख चाल्र्स ए.डोरिसनले विभिन्न प्रकारका नकारात्मक भावना, रिस, घृणा, तनाव, उदासी, डर र लाजका कारण मानिसमा धुम्रपानको बानी लाग्ने र विस्तारै ‘चेन स्मोकर’ बन्ने बताएका छन् । डोरिसनले प्रोसिडिङ्ग्स अफ द नेशनल एकेडेमी अफ साइन्सलाई दिएको एक अन्तरवार्ताका अनुसार उदास व्यक्तिहरुमा यस्तो लतको विकास हुने गर्छ ।

उक्त अनुसन्धानमा चार प्रकारले अध्ययन गरिएको थियो । जसले राष्ट्रिय जनगणनाको आधारमा २० वर्षभित्रको १०, ६८५ जनाहरुमाथि जाँच गरेको थियो । सहभागीहरुमा धुम्रपानको लत लाग्नुको कारण दुख भएको पाइएको थियो । यसैगरी, दोस्रो अनुसन्धानको अनुसार उदास हुनु नै जीवनमा घट्ने नकारात्मक घटना र धुम्रपान गर्ने कारण भएको पाइयो । यस परिक्षणमा ४२५ जना धुम्रपान गर्नेहरुसँग अनलाइन अनुसन्धान गरिएको थियो ।

तेस्रो अनुसन्धानमा, लगभग १५८ जना सहभागी भएका थिए । तिनीहरुको सासमा कार्बनमनोअक्साइड को परिक्षणको लागि धुम्रपानबाट टाढा राखेर उदासीले वास्तविक धुम्रपानको लत कसरी लगाउँछ भन्ने विषयमा अध्ययन गरिएको थियो ।
चौंथो अनुसन्धानमा सहभागी ७०० जनाको धुम्रपानको भिडियो हेरियो र उनीहरुलाई जीवनको अनुभवको बारेमा बुझ्दा जीवनको दुख नै धुम्रपानको कारण भएको बताएका थिए ।

LEAVE A REPLY