क्षमायाचनासहित खण्डन प्रकाशन गरिएको बारे

गत १ जनवरी को दिन यस अनलाईन बाट प्रकाशित “ट्रमा सेन्टरमा दुई डाक्टर र एक नर्सको कर्तुत” शीर्षक समाचार प्रति प्राप्त प्रतिक्रिया र तत्पश्चात गरिएको प्रमाणहरुको विश्लेषणले नर्सिङ्ग प्रशासक सोचना सापकोटा प्रति लगाईएका आरोपहरु मित्थ्या भन्ने प्रमाणीत भएको छ ।
पत्रकारिता क्षेत्रमा विगत लामो समयदेखि विशेष गरी प्रशासनको क्षेत्रमा सशक्त कलम चलाउँदै आएको हामीले गलत श्रोतको विश्वास र लाच्छना लगाइएको सोचना सापकोटासँग क्रस चेक गर्न चुक्दा गम्भीर भुल भएको छ । प्रकाशीत समाचारमा नर्सिङ्ग प्रशासक सापकोटा असम्बन्धित हुनु हुदो रहेछ । समाचार प्रकाशनका कारण उहाँको सामाजिक, पेशागत र व्यक्तिगत छविमा पर्न गएको आच प्रति यस अनलाईन क्षमायाचना गर्दछौं ।

नेपाल नर्सिङ्ग सघं, इकाई कमिटि ट्रमा सेन्टरको विज्ञप्तीलाई समेत हामी आत्मासात गर्दछौ । समाचार प्रकाशन पश्चात उत्पन्न परिस्थीतीले हामीलाई पत्रकारिता क्षेत्रमा थप गम्भीर हुन र जिम्मेवारी बोध गराएको छ ।
यस अनलाईनबाट सम्प्रेषित असम्बन्धित पक्षलाई आधारहिन रुपमा प्राथमिकता दिई चरित्रहत्या हुने किसिमबाट सम्प्रेषण हुन गएको हुदा नर्सिङ्ग प्रशासक सोचना सापकोटाको खण्डन तपशिल बमोजिम रहेको छ :-
१) गत १ जनवरीका दिन त्यस अनलाइनबाट प्रकाशित ट्रमा सेन्टरमा दुई डाक्टर र एक नर्सको कर्तुत शीर्षक समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उत्त, समाचार पत्रकारिताको आचारसंहिता विपरित एकतर्फी र कपोलकल्पित ढंगबाट प्रकाशित भइ हाम्रो व्यक्तिगत र पेशागत निष्ठा र आचरसंहितमा आँच पुग्न आएको छ । एकातिर पारिवारिक शोकमा डुबेकै समयमा चोटमाथि अर्काे चोट थप्ने ढंगबाट समाचार प्रकाशन भएको छ । त्यस सञ्चारमाध्यबाट प्रकाशीत समाचार प्रमाणीत गर्न चुनौतीसम्म दिन्छु ।
२) समाचारमा उल्लेख भएजस्तो हाल कुनै पनि विद्यार्थीले इनलाइट इस्टिच्युटबाट तालिम लिएका छैनन् । विगत एक बर्षदेखि सो संस्थासँगको कार्यक्रम ट्रमा सेन्टरमा भएको छैन् । कार्यक्रम नै नभएपछि पैसा लिने कुरै आउँदैन् । पैसा लिने व्यक्तिले होइन् । संस्थाले हो ।
३) म नेपाल सरकारको नर्सिङ प्रशासक हो । माननीय मन्त्रीज्यूलाई मैले विभागीय मन्त्रीको रुपमा मात्र चिनेकी छुँ ।
४) नियमसंगत कामहरु छन् भने मैले गर्दै आएको छु । नियमसँग बाझिने अनैतिक काम मैले कसैको दबाब,प्रभावमा गर्ने गरेको छैन् र गर्दिन पनि ।
५) अस्पतलाको औषधि,अन्य सर सामाग्री खरिदको आफ्नै खरिद प्रक्रिया हुन्छन् । खरिद कमिटि,मुल्यांकन कमिटिजस्ता कुनै कमिटिमा नरहेकाले लगाइएको सो आरोप मिथ्या हुन् ।
६) अस्पतालको आइसियु्को बेड खाली भएको डाटा इमरजेन्सी र अन्य निकायमा दैनिक रुपमा लिखित जानकारी हुन्छ । सोही अनुसार खाली भएको बेडमा सम्बन्धित डाक्टरले नै विरामी भर्ना गर्ने हो । विरामी भर्ना र डिष्चार्ज मेरो कार्यक्षेत्र भित्र पर्दैन् ।
७) अस्थायी कर्मचारीको म्याद थप गर्ने काम निर्देशक र उपकुलपतिको हो । हालसम्म मेरो सिफारिस त लिइएको छैन भने समाचारमा उल्लेख गरेजस्तो हुने कुरै भएन् ।
८) कसैलाई धम्काउँदै हिडेको भए सम्बन्धित व्यक्तिबाट उजुरी लिनु हुन चुनौति दिनछु ।
९) म सगँ सम्बन्धित विषयहरु अख्तियार,सर्तकता केन्द्रमा उजुरी परेको प्रमाण छ भने प्रमाणीत गर्ने,ताकेता गर्नुहुन र छिट्टै निर्णयमा पु¥याउृन चुनौती दिन्छु ।
१०) समाचारमा उल्लेखित बिषयहरु मेरो पेशागत जिम्मेवारीभन्दा असम्बन्धित रहेको,मेरो पेशागत मर्यादामा आँच पुर्याइने ढंगबाट असम्बन्धित फोटो राखेर प्रकाशन भएकोप्रति गम्भीर आपत्ति प्रकट गर्दछु । तसर्थ यो समाचार भ्रमपूर्ण,कपोलकल्पित र तुषले भरिएको सामाग्री प्रकाशन हुनु गम्भीर बिषय हो ।
सोचना सापकोटा

यस्तो थियो हामीले प्रकाशन गरेको समाचार

ट्रमा सेन्टरका दुई डाक्टर र एक नर्सको कर्तुत

LEAVE A REPLY