उपसभामुखज्यू संसद कुनै दलको छाया होइन:युवा नेता गगन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई नियमानुसार सदनको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।आइतबारका लागि बोलाइएको संसद बैठक स्थगित भएपछि युवा नेता थापाले सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) ले सभामुखको उमेदवार टुंग्याउन नसकेका कारण यस्तो आग्रह गरेका हुन् ।
उनले ट्विटरमार्फत नेकपाभित्रको स्वार्थको बेमेलका कारण संसदलाई बन्धक बनाउनु निन्दनीय भएको उल्लेख गरेका छन् ।

“नेकपाभित्रको स्वार्थको बेमेलको बन्धक संसदलाई बनाउनु निन्दनीय छ । यो संसदीय अभ्यास र गरिमाको मात्र होइन संविधानले प्रबन्ध गरेको शक्ति सन्तुलन र नियन्त्रणको समेत खिलापमा छ,” थापाले लेखेका छन्, “उपसभामुखज्यू संसद कुनै दलको छाया होइन, तपाईं संसदको उपसभामुख हो, नियमानुसार सदनको प्रकृया अगाडि बढाइयोस् ।”

LEAVE A REPLY