संविधान उलंघन गर्न र मनलाग्दी गर्न नेकपालाई मतदान गरेका होइनन् : महत

धापासी फ्रेन्डसिप क्लबले काठमाडौंको धापासीमा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्वमन्त्री डा. प्रकाश शरण महतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारलाई मनलाग्दी गर्न र संविधानको उलंघन गर्न जनताले मतदान नगरेको बताएका छन् ।

उनले सरकारले संविधान मिच्ने स्वतन्त्रता खोस्ने काम गरिरहे नेपाली कांग्रेस र नेपाली जनताले त्यसको प्रतिकार गर्ने सरकारलाई चेतावनी पनि दिएका छन् । महतले नेपाललाई आधुनिक नेपालमा रुपान्तरण गर्ने अभियान कांग्रेसको नेतृत्वमा सुरु भएको र त्यो अभियानको नेतृत्व अहिले पनि कांग्रेसले गरिरहेको जिकिर गरे ।

महतले सरकार कुटनैतिक हिसाव असफल साबित भैसकेकोसमेत बताए । उनले सीमा अतिक्रमण तिर संकेत गर्दै भने ‘यो सरकार जहाँ संवाद गर्नुपर्ने हो त्यहा मौन बस्ने गरेको छ र जहाँ मौन बस्दा पनि हुन्छ त्यहा बोल्ने गरेको छ ।’

LEAVE A REPLY