कर्मचारीको पुर्नसंरचना आवश्यक : प्रशासन मन्त्री त्रिपाठी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीले हृदयस त्रिपाठीले कर्मचारीतन्त्रको पुर्नसंरचनाको आवश्यकता रहेको बताएका छन्।

२००७ सालपछि धेरै राजनीतिक परिर्वतन भए पनि कर्मचारीतन्त्र अहिलेसम्म नबदलिएको बताउँदै अब कर्मचारीतन्त्र पुर्नसंरचना गर्नु पर्छ’, उनले भने। उनले स्थानीय तहमा राष्ट्रपतीय शासन प्रणालीका कारण मनपरी बढेको बताए। एउटै देशमा दुई किसिमको शासन प्रणालीका कारण नै आर्थिक अनुशासनमा चुनौती भएको उनको भनाइ छ।
त्यस्तै, संघीय परिसद अध्यक्ष, समाजवादी पार्टीका डा. बाबुराम भट्टराईले पनि सोहि कुरामा जोड दिएका छन् । त्यस्तै नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहलले पनि सोहि कुराकमो जोड दिएका छन् ।
त्रिपाठीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई लोककल्याणकारी नबनाएसम्म भ्रष्टाचार निवारण गर्न कठिन रहेको बताए। उनले असुरक्षाकै कारण भ्रष्टाचार बढेको बताए।

‘शिक्षा र स्वास्थ्य मंहगो छ, उपचारको लागि, छोराछोरी पढाउन धेरै खर्च हुन्छ, अनि कर्मचारीले बढी करोबार हुने ठाउँ खोज्छ,’ उनले भने। उनले एक युवा इन्जिनियरको गुनासो सुनाउँदै भने, ‘बुवाले ३० लाख खर्च भएको छ, त के गरेर बसेको छस भन्नुहुन्छ, कतै राम्रो ठाउँमा पठाइदिनु न भन्दै आउँछन् के गर्ने ?

LEAVE A REPLY