आज सुनचाँदीको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला हजार र चाँदी प्रतितोला २० रुपैयाँले घटेको महासंघले जनाएको छ । नेपाली बजारमा बुधबार छापावाल सुन प्रतितोला ७६ हजार पाँच सय र तेजाबी सुन प्रतितोला ७६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज (बिहीबार) छापावाला सुन प्रतितोला ७५ हजार पाँच सय र तेजावी सुन प्रतितोला ७५ हजार दुई सय रुपैयाँ तोकिएको छ ।

त्यसैगरी बुधबार प्रतितोला ९२० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २० रुपैयाँ घटेर ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here