फेरी आयो दुखद खवर: सुर्खेतबाट जाजरकोटको लागि छुटेको हाइस सल्यानमा दुर्घटना

बिहीबार बिहान सुर्खेतबाट जाजरकोटको लागि छुटेको हाइस सल्यानमा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।
भे १ ख २५७३ नम्बरको काक्रेबिहार यातायातको हाइस छिन्चु जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका ११ को बालुवा सङ्ग्रहीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
हाइस सडकभन्दा १५० मिटर तल खेतमा खसेको छ । घाइते सबैजनालाई उपचारका लागि नेपालगन्ज लगिएको सल्यान प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here