खस आर्यलाई २८ प्रतिशत आरक्षण छुट्याउन सांसदहरुको माग

सांसदहरुले सरकारी सेवा प्रवेशमा खसआर्य समुदायका लागि आरक्षण छ्ट्टयाउन माग गरेका छन् । अहिले महिला,आदिवासी,दलित,जनजाती,पिछडावगलाई आरक्षण कोटा छुट्टाइएझैं खसआर्यका नाममा समेत आरक्षण छुट्टयाउन उनीहरुले लबिङ तिव्र पारेका छन् ।खसआर्य समुदायलाई कम्तिमा पनि २८ प्रतिशत आरक्षण छुट्टाउनु पर्ने आवाजसहित सत्तारुढ दलकै सांसदहरुले लबिङ तिव्र पारेका हुन् ।यसरी लबिङमा उत्रनेहरुमा सत्तारुढ दलकै १३ सांसदहरु छन् । सांसदहरु शेरबहादुर कुँवरसहित ठगेन्द्र पुरी, जीवन बुढा, खिमकुमार विश्वकर्मा, नन्दा चापागाईं, उदय शर्माहरुले यो आवाज पेचिलो बनाएका छन् । उनीहरुले,’संविधानले सबैलाई बराबर अधिकार दिएकाले खसआर्यका नाममा विभेद गर्न नपाइने’ तर्क पेश गरेका छन् । सत्तारूढ पार्टीका १३ सांसदले छुट्टै समूह बनाएर प्रधानमन्त्री कार्यालयले राष्ट्रिय सभामा दर्ता गराएको नेपाल विशेष सेवा विधेयकमा उल्लिखित कर्मचारी भर्नासम्बन्धी व्यवस्था परिवर्तन गर्न संशोधन प्रस्ताव दर्ता गराएका हुन् । त्यहाँ सरकारी सेवामा कम्तीमा २८ प्रतिशत प्रवेश खसआर्यबाट हुनुपर्ने माग प्रस्तावमा छ ।

 

1 COMMENT

  1. काखा पाखा नगर्ने भने
    अनि
    विभिन्न कोटा दिएर किन सबै लाइ जातपात मा छुट्टाछुट्टै कोटा दिइ छुटयाको होला

LEAVE A REPLY