तेस्रो प्रादेशिक महोत्सव २०७६, तयारी अन्तिम चरणमा

नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिले यहि पुस २४ गते बाट शुरु गर्न लागेको तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सव २०७६ को तयारी अन्तिम चरणमा पुगेको छ । उक्त महोत्सव बाँकेको कोहलपुरमा सुरु हुनेछ । सुरु हुने दिन नजिकिदै जाँदा तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । मंगलबार आयोजकले पत्रकार सम्मेलन गरेर महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको थियो ।
महोत्सव मुल समितिका संयोजक हेमविक्रम जिसीले भने, ‘बिहीबारबाट सुरु हुने महोत्सवको तयारी लगभग पुरा भइसकेको अवस्था छ’ भौतिक निर्माण लगायतका कामहरु सकिएको छ ‘बुधबार साँझसम्म सबै तयारीहरु पुरा भइसक्ने जानकारी दिए । ‘हामीले अन्य महोत्सवभन्दा यसलाई पृथक बनाउन प्रयास गरेका छौं’ उनले भने, ‘संघिय सरकारका उद्योग तथा आपूर्ति मन्त्री लेखराज भट्टले महोत्सवको उद्घाटन गर्ने टुङ्गो लागेको छ ।’घरेलु उत्पादनलाई विशेष महत्व दिईएको साथै महोत्सवमा व्यवसायीक, हस्तकलाका साथै कृषि उत्पादन गरी ३०० स्टल राखिएको आयोजकले जनाएको छ । ‘महोत्सव ठेक्कामा दिइएको भन्ने कुरा गलत हो भन्दै यो महोत्सव विरोधीहरुले फैलाएको हल्ला मात्र हो’ स्टल लगायतका कामहरु गर्दा ठेक्का दिएका हौं ।’
महोत्सव सचिवालयका संयोजक चिन्तामणी उपाध्याय ले भने, सुरक्षालाई ध्यानमा राखेर सुरक्षाकर्मी परिचालन गरिएको छ । उनका अनुसार महोत्सव स्थलमा ४० भन्दा बढी सिसिटिभी क्यामेरा जडान गरिनेछ । माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सवको एक लाख पचास हजार बढीले अवलोकलन गर्ने लक्ष्य आयोजकले राखेको छ । महोत्सव अवलोकन गर्न आउने दर्शकहरुका लागि निशुल्क स्वास्थ्य शिविर, दन्त शिविर तथा रक्त परिक्षणको समेत व्यवस्था मिलाईएको बताइएको छ । महोत्सव अवलोकन गर्न सर्वसाधारणलाई रु ५० र विद्यार्थी, अपाङ्ग तथा जेष्ठ नागरीकहरुलाई रु ४० का दरले टिकटको व्यवस्था गरिएको छ । कलाकारहरु सबै जनालाई साँस्कृतीक भेषभुषामा आउन आग्रह गरिएको छ’ उनले भने, ‘ महोत्सव अवधीभर दुई दर्जन बढी राष्ट्रिय तथा त्यती नै संख्यामा स्थानीय कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् ।

LEAVE A REPLY