ओलीको गृह जिल्ला झापाका दुईवटा सडक कालोपत्र हुँदै

प्रदेश नं १ सरकारले धुलाबारी–भद्रपुर सडकखण्डका लागि २५ करोड ३२ लाख ८४ हजार ८२२ र धुलाबारी–इरौँटार सडकखण्डका लागि ४६ करोड २३ लाख ८२ हजार ९८३ रुपैयाँ विनियोजन गरेसँगै झापाको धुलाबारी हुँदै ज्यामिरगढी–भद्रपुर सडकखण्ड र धुलाबारी–इरौँटार सडकखण्ड कालोपत्र हुने भएको छ ।

धुलाबारी–भद्रपुर सडकखण्ड हिम्डुङ्ग एन्ड थोकर सरोज जेभीले कालोपत्र गर्ने भएको छ । सो सडक २०७९ साल असार ३१ गतेसम्ममा निर्माणसम्पन्न गर्ने सहमति भएको छ । यसैगरी प्याकेज २ मा धुलाबारी–इरौँटार सडकखण्ड कालोपत्र हुनेछ । कन्काई झापाली जेभी विर्तामोडले निर्माणको जिम्मा लिएको सो सडक २०७९ साल असार ३१ ग्ते निर्माणसम्पन्न गर्ने सम्झौता भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here