छुराले हानेर आमा मारेको अभियोगमा अभिनेत्री पक्राउ

सन् २०११ को फिल्म ‘क्याप्टेन अमेरिका : द फस्ट एभेन्जर’की अभिनेत्री आमालाई छुरा प्रहार गरेको अभियोगमा पक्राउ परेकी छन्।

प्रहरीका अनुसार नयाँ वर्षको अघिल्लो दिन आमालाई छुरा प्रहार गरेको अभियोगमा अभिनेत्री मोली फिट्जगराल्डलाई कान्सासबाट पक्राउ गरिएको हो।

उनलाई ‘क्याप्टेन अमेरिकाः द फर्स्ट एभेन्जर’ मा देखिएको थियो । स्मरण रहोस्, ‘क्याप्टेन अमेरिका’ सिरिजको फिल्मलाई दर्शकले निकै रुचाउने गर्छन् । ओलाथे पुलिस विभागले ३८ वर्षे अभिनेत्रीलाई नयाँ वर्षको पूर्व सन्ध्यामा पक्राउ गरिएको ट्वीटरमार्फत् जानकारी दिएको छ ।

पुलिस अधिकारीका अनुसार मोलीकी आमा प्याट्रिशिया ईं फिट्जगेराल्डको घरमा झगडाको सूचना पाइएको थियो । पुलिस त्यहाँ पुग्दा उनलाई रगताम्मे अवस्थामा भेटिएको थियो । उनीमाथि चक्कुमार्फत् हमला गरिएको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको थियो । अनुसन्धानपछि पुलिसले मोलीलाई पक्राउ गरेको छ ।

फक्स न्यूजका अनुसार मोलीकी आमा पेट्रिका टी फिट्जगेराल्डको उमेर ६८ वर्षको थियो । अभिनेत्री मोली फिट्जगेराल्डले अहिलेसम्म आफूमाथि लागेको आरोपमाथि कुनै स्पष्टिकरण दिएकी छैनन् ।

आइएमडीबीका अनुसार क्रिस इवान स्टारर ‘क्याप्टेन अमेरिकाः द फर्स्ट एभेन्जर’ मा एउटा सानो भूमिकामा थिइन् । यो फिल्म निकै चर्चित भएको थियो । यसको कमाइले संसारभरीका फिल्मको कमाईको थुप्रै रेकर्ड तोडेको थियो । यसबाहेक मोली एक निर्माता निर्देशक पनि हुन् । उनले सन् २०१४ मा ‘द लफूल ट्रुथ’ र सन् २०१७ मा ‘द क्रिप्स’ निर्माण गरेकी छिन् ।

LEAVE A REPLY