फोपी एपबाट ‘बुलबुल’ मोबाइलमै हेर्न सकिने

गतवर्ष प्रदर्शनमा आएको बिनोद पौडेल निर्देशित फिल्म ‘बुलबुल’ अब आफूले चाहेको समयमा हेर्न मिल्ने भएको छ ।नयाँ वर्ष सन् २०२० देखि फोपी एपमा फिल्म रिलिज गरिएको हो । समीक्षकबाट राम्रो प्रतिक्रिया बटुलेको फिल्म यस एपमा विश्वको प्रायजसो देशबाट आफ्नै मोबाइलमै हेर्न सकिनेछ ।यस एपमा विश्वको प्राय जसो देशबाट आफ्नै मोबाइलमा जुनसुकै ठाउँबाट नेपाली फिल्महरु हेर्न सकिन्छ । फिल्मले बिजनेस सोच अनुसारको नगरेता पनि यसले हेर्नेले रुचाए । लिड क्यारेक्टर स्वस्तिमा खड्काको अभिनयको चर्चा भयो । उनले अन्तराष्ट्रियसँगै राष्ट्रिय अवार्ड पनि जितिन् । निर्देशक विनोद पौडेलले पनि डेब्यु फिल्ममै राष्ट्रिय अवार्ड जिते । साथै , पछिल्लो समय यसले विभिन्न अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा समेत आफुलाई अब्बल सावित गर्ने प्रयासमा छ ।नेपालमा भएका मोबाइल प्रयोगकर्ताले यसरी फिल्म हेर्दा रु ५० तिर्नु पर्ने छ । आफ्नो मोबाइलमा नेपाल टेलिकम वा एनसेलको व्यालेन्स वा खल्ती वा इसेवाबाट पनि पैसा तिर्न सकिने छ । यसका अलावा भारतमा पेटिएम, मलेसियामा कार्ड र अन्य देशहरुमा बैकंको कार्डबाट फिल्म खरिद गर्न सकिन्छ । पाइरेसी रोक्न र उचितरुपमा सर्जकहरुलाई आम्दानी दिलाउनुनै फोपी एप्सको एकमात्र उद्देश्य रहेको यस एप्सका संस्थापक अध्यक्ष प्रशान्तजंग कार्कीले बताएका छन् । उनले आफुहरुले नेपाली फिल्मलाई विश्वबजारमा लैजान कटिबद्ध रहेको र चाडै नै मध्य एसियाका केही देशमा एप रिलिज गर्ने जानकारी समेत दिएका छन। यो एप अहिले प्ले स्टोरमा उपलब्ध छ ।

LEAVE A REPLY