कर्मचारी समायोजनमा निरिह कमजोर कर्मचारी मात्र खटाइएको भेटियो,सच्चाउने गृहकार्यमा मन्त्रालय

कर्मचारी समायोजनमा पाइलैपिच्छे त्रुटि भेटिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसलाई सच्याउने गृहकार्य थालेको छ ।

समायोजनमा कमजोर र निरीह कर्मचारी मात्र खटाउने काम भएको भन्दै मन्त्रालयले सकेसम्म त्यसलाई सुधार गर्न गृहकार्य थालेको जनाएको छ । अघिल्ला मन्त्री लालबाबु पण्डितका पालामा कर्मचारी समायोजनमा प्रशस्त त्रुटि भेटिएको भन्दै उनको आलोचनासमेत भएको थियो ।

एउटा विषयको विज्ञ अर्को असम्बन्धित कार्यालयमा समायोजन भएर पुगेको भेटियो,’ सामान्य प्रशासनमन्त्री त्रिपाठीले भने, ‘समायोजनले कनिष्ठलाई हाकिम र वरिष्ठलाई कनिष्ठअन्तर्गत रहेर काम गर्ने अवस्था सिर्जना गरेको पाइयो । अप्रेसन कक्षमा चाहिने एनेस्थेसियाको विज्ञ गाउँपालिकाको स्वास्थ्य चौकीमा पु¥याइएको भेटियो ।’ उनले समायोजनमा यस्ता केही त्रुटि भेटिएको र त्यसले कर्मचारीको मर्यादामा आँच आएकाले सच्याइने बताए ।

तत्कालीन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्णाली प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको सचिवमा नापतौल इन्जिनियरलाई खटाए । तर, सडक र पुलको ठेक्कापट्टा हुँदा ती सचिवले ठेक्का मूल्यांकन गर्न नसकेकाले ठेक्का नै अवरुद्ध हुन पुग्यो । समायोजनले हिमाली र पहाडी जिल्लाका अधिकांश कार्यालयमा कर्मचारी नगण्य बनाएको र सुगममा दरबन्दीभन्दा बढी कर्मचारी थुपारेको पाइएको छ । समायोजनका नाममा सुगम ठाउँमा १९ जना दरबन्दी भएको कार्यालयमा ३१ जनासम्म कर्मचारी खटाइएको र दुर्गम ठाउँका कार्यालयमा कर्मचारी नगण्य पारिएको भेटिएको हो । कर्मचारीको विज्ञता र क्षमतालाई आधार नै नबनाई पद र समूहका आधारमा मात्र समायोजन गर्दा थुप्रै समस्या भेटिएको हो । मन्त्री त्रिपाठीले समायोजनका क्रममा गरिएका त्यस्ता त्रुटि सच्याएर कर्मचारीको मनोबल उच्च बनाउन चाहेको बताए ।

प्रदेशमा अमिल्दो कर्मचारी खटाउँदा समस्या
सरकारले करिब एक लाख कर्मचारी समायोजन गर्दा स्थानीय तह र प्रदेशमा एकतिहाइ पनि कर्मचारी नपुगेको तथ्यांक मन्त्रालयले निकालेको छ । कर्मचारी अभावमा प्रदेश र स्थानीय तहको काम नै प्रभावित भएको छ । मन्त्री त्रिपाठीले संघ र प्रदेशमा आवश्यक कर्मचारी खटाउनु आफ्नो मुख्य प्राथमिकता रहेको बताए । उनले आफूलाई मुख्यमन्त्रीहरूले प्रत्यक्ष भेटेर र फोनबाट कर्मचारी अभावमा काम गर्न नसकेको गुनासो आइरहेको बताए । ‘प्रदेशका मुख्यमन्त्रीहरू नै कर्मचारी नभएर काम गर्न सकिएनन् भन्दै सामान्य प्रशासन मन्त्रालय धाइरहेका छन्,’ मन्त्री त्रिपाठीले भने, ‘यस्तो स्थितिको अन्त्य गर्न चाहेको छु ।’ नयाँ पत्रिकामा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here