श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

सुनरसरी । बुधबार राती धरान उपमहानगरपालिका १५ मा घरायसी विवादका क्रममा ४३ वर्षीय श्रीमान काजीमान राईले कुटपिट गर्दा ३६ वर्षीया श्रीमती रमिला राईको ज्यान गएको छ । श्रीमान काजिमानको कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले काजीमानलाई नियन्त्रणमा लिएको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here