अकुत सम्पत्ति आर्जन गरेको आरोपित व्यक्ति नै सम्पत्ति शुद्धिकरणको महानिर्देशक !

अरुलाई सेक्न मज्जा आउने, आफू सेकिने भएपछि छेउकुना मिलाउने चलन लोकमानदेखि दीप बस्न्यात हुँदै अहिले रुपनारायण भट्टराईसम्मै पुगिसकेको छ । यातायात व्यवस्था विभागमा समेत केही समय बसेका महानिर्देशक रुपनारायण भट्टराई दीप बस्न्यातझैं आफूमाथि हुनुपर्ने छानवीन रोक्न आफै त्यहाँ पुग्ने खेलोमा सफल त भए । तर, टिक्लान् जस्तो बुझिँदैन । जागिर खाएको दिनदेखि मालपोततिर रमाएका व्यक्ति हुन् । बैदेशिक रोजगार, भन्सार, यातायात बाहेक अन्यत्र खासै बसेका छैनन् ।
अकूत सम्पत्ति आर्जनको आरोप छ । तर, अहिले आफैं सम्पत्ति शुद्दिकरण अनुसन्धान विभागको महानिर्देशक भएर गएपछि उनीबारे कसले छानबिन गर्ने ? दीप बस्न्यात अख्तियार गएर आफ्नो सर्टिफिकेट मिलाए जस्तो रुपनारायणको खेलो छ । उनीविरुद्ध अख्तियारमा उजुरीको चाङ छ । अख्तियारमा सि ०१६९१७ दर्ता नम्बर र ०७६ कात्तिक २८ गतेको उजुरीजस्ता अनेक आरोप छन् । न्युरोडका पीडित व्यापारीले आफ्नो दुनो सोझ्याउनका निम्ति आफैले नक्कली पात्र खडा गरेर उजुरी हाल्ने र त्यही बहानामा मोटो रकम असुल्ने गरेको आरोप लगाएका हुन् । स्मार्ट लाइसेन्स आपूर्ति गर्न भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सलाई ठेक्का दिँदा विभागका महानिर्देशकको हैसियतले प्रति लाइसेन्स २३ रुपैयाँका दरले एक करोड ७२ लाख लिएको दाबी छ । यातायात विभागमा रहँदा विभिन्न यातायात समितिहरुको सम्पत्ति सरकारीकरण गर्ने बहानामा अरनिको यातायातको खातामा रहेको १२ करोड ५७ लाखमध्ये केही रकम अनधिकृत रुपमा चलाई आफू निकटका व्यक्तिमार्फत दोस्रो बजारमा शेयर खरिद गर्ने गरेको समेत बताइने गरेको खबर जनआस्था साप्ताहिकले छापेको छ । यो उजुरीलाई अख्तियारले पुस २ गते प्रधानमन्त्रीको जानकारीका निम्ति पठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here