साञ्जेनले रसुवावासीलाई चिलिमेलेझैं लाभन्वित बनाउनेछ

किरण कुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत,साञ्जेल जलविद्युत परियोजना

स्वदेशी लगानीबाटै निर्मित चिलिमे जलविद्युत परियोजनाको सफलतासँगै रसुवामा एक पछि अर्काे जलविदूत परियोजनाहरु थपिँदै छन् । जसमध्येका एक हो साञ्जेन जलसिवद्युत परियोजना । ९२ प्रतिशत चिनियाँ लगानीमा निर्माणाधिन यो आयोजनाको ५७ मेघावाट क्षमताको रहेको छ । रसुवाको साञ्जेन खोला जलविद्युत आयोजनामा ८ प्रतिशत नेपालीको साझेदारी रहेको छ । निर्माणका लागि कूल लागत  १४ अर्बलाग्ने अनुमान गरिएको छ । आयोजनाको काम धमाधम हुँदैछ । आगामी बर्ष नै यो आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रशारण लाइन अर्थात ग्रिडमा जोडिने सुनाँउछन आयोजनाको प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ

० साञ्जेन कहिलेसम्म केन्द्रीय प्रशारण लाइनमा जोडिन्छ ?
माथिल्लो र तल्लो गरी साञ्जेनको २ वटा परियोजनाहरु रहो छन् । जसमध्ये माथिल्लो प्रोजेक्ट यहि आर्थिक बर्ष भित्रमा सम्पन्न गर्ने योजनामा छौं । तल्लो साञ्जेन परियोजनाचाहिँ थप ६ महिना लाग्ने देखिन्छ ।
० यो कति मेगावाटको परियोजना हुनेछ ?
माथिल्लो र तल्लो साञ्जेन गरी २ वटा परियोजना दुवै गरी ५७ दशमलब ३ मेगावाटको बन्दैछ । माथिल्लो साञ्जेन १४ दशमलब ८ मेगावट र तल्लो साञ्जेन ४२ दशमलब पाँच मेगावाटको रहेको छ ।
० यी दुई परियोजनाको काम कति पूरा भयो ? कति बाँकी छ ?
माथिल्लो साञ्जेनको काम ८० प्रतिशत भन्दा बढी काम भइसकेको छ भने तल्लो साञ्जेनको काम ७२ प्रतिशत भएको छ ।

० यो परियोजनाका कारण रसुवावासीको जीवनस्तरमा के फरक पर्दछ ?
चिलिमे जलविद्युत् आयोजनाको मोडेल आफैँमा एउटा उदारणको रुपमा रहेको छ । जसबारे चर्चा गरिरहनुपर्दैन । यद्यपि, चिलिमेले अघि सारेको योजना नै अनुसरण गरेर हामीले पनि १० प्रतिशत सेयर स्थानीयलाई वितरण गर्ने योजना बनायौँ । जुन यहि आर्थिक बर्षभित्रमा स्थानीयहरुलाई सेयर  वितरण गर्ने छौं । यद्यपि, यहिँ प्रकिया अनुरुप नै अघि बढेर स्थानीयहरुको लागि भनेर ३६ करोड ५० लाखको शेयर छुट्टिनेछ ।

० चिलिमे परियोजनाले हरेक रसुवावालीलाई लखपति बनाएझैं शेयर वितवरण गर्नेछ वा गर्दैन ?
हो, निश्चित रुपमा नै चिलिमे जलविद्युत् आयोजना अनुरुप नै हुनेछ । यस्तो आयोजनाबाट स्थानीयहरु लाभान्वित हुनु नै सुखद पाटो हो । यस्ले रोजगारीमात्र सिर्जना नगरी आर्थिक रुपमान्तरणमा पनि विशेष भूमिका खेल्नेछ । हाल साञ्जेनमा मात्र एक सय जनाले हाराहारीमा रोजगार पााइरहेका छन् । जुन निजी कम्पनी र आयोजनाले नै यतिको रोजगारी सिर्जना गर्न सफल भएको छ । यसरी परियोजनाको कामहरु गर्दा विशेषगरी स्थानीय जनताको जिवनस्तर र विकासलाई जोडेर भइरहेका छन् । जस्ले स्थानीयहरुको चासो, आवश्यकता र आयोजनासँगको सम्बन्धमा दरार पैदा गर्ने छैन ।

चिलिमेले अघि सारेको योजना नै अनुसरण गरेर हामीले पनि १० प्रतिशत सेयर स्थानीयलाई वितरण गर्ने योजना बनायौँ । यहि आर्थिक बर्षभित्रमा स्थानीयहरुलाई ३६ करोड ५० लाखको शेयर छुट्टिनेछ ।

० योजना सम्पन्न गर्न के कस्ता चुनौतीहरु छन् ?
कुनै पनि विकास निर्माणको आयोजना कार्यान्वन गर्नु आफैँमा चुनौतिपूर्ण हो । जुनसुकै काम सानो देखिएपनि भित्र छिरेपछि त्यो बृहत बनिदिन्छ । यसकारण हामीले अघि बढाएको विद्युत् परियोजना मेगावटको हिसाबले सानो देखिए पनि लगानीको हिसावले यो धेरै नै ठूलो आयोजना हो । करिब ८ अर्बको आयोजना हो । सुरुमा लागत धेरै नै चाहिन्छ । यद्यपि, हामीले जिल्लाका सरोकारवाला निकाय, स्थानीय निकाय, सरकारी कार्यालय, सरकारी विभाग, प्रहरी प्रशासन, जिल्ला प्रशासन कार्यालय, वन, मालपोत, नापीजस्ता सबै निकायसँग सहकार्य गरेर अघि बढिरको छौँ । मुख्य विषय त निर्माण कार्य सम्पन्न गर्नका लागि ठेकेदार परिचालन नै प्राथमिकता दिएका छौँ ।
० आयोजना सम्पन्न भएपछि के कस्ता चुनौतीहरु देखिन्छन ?
आयोजना सम्पन्न भएपछि त्यति चुनौती उत्पन्न होलान् जस्तो लाग्दैन । यस विषयमा स्थानीयसँग सरोकारवाल निकायहरुसँग छलफल पनि भइरहेका छन् । तर पनि जलवायु परिर्वतन, बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोपहरुले केही समस्या उत्पन्न गर्ने हुँदा यसतर्फ नै हामी चनाखो छौँ । यी तमाम समस्याहरुलाई हल गर्नका लागि स्थानीयहरुसँग सहकार्य गरिरहेका छौँ ।
प्रस्तुति  :- महेश्वर गजुरेल

LEAVE A REPLY