बैतडीको समृद्धि र विकासका लागि निरन्तर पहल गर्ने सांसद दामोदर भण्डारीको जिकिर

टेक सिंह धामी

बैतडी जिल्ला नेकपाका सांसद दामोदर भण्डारीले बैतडीका बिबिध पक्षहरुको बिकास समृद्धि सुधार र परिमार्जन का लागि सदैव तत्पर रहेको प्रष्ट पारेका छन्।
सुदूरपश्चिमकै लोकप्रिय बहसमुलक रेडियो कार्यक्रम तातो बहसमा बोल्दै समग्र बैतडीको र बैतडी जिल्लाबासिका विकासका लागि कुनै पनि कसर बाँकी नराखि र चुनावको समयमा आफुले बोलेका र गरेका बाचाहरु प्रतिवद्धताहरु जनताका इच्छा, चाहना पुरा गर्ने सांसद भण्डारीले बताउनुभयो ।

सुन्दर सुदूरपश्चिम प्रदेशकै समग्र विकासको लागि लाग्नुपर्ने बेला विभिन्न निकायबाट हुँदै आएका कमजोरीहरुको पनि त्यत्तिकै मात्रामा विरोध हुँदै आएको छ । यसैबिच बैतडी जिल्लाबाट निर्वाचित सांसद माननिय दामोदर भण्डारीको विषयमा पनि विभिन्न स्तरबाट दबाब तथा जनआवाजहरु उठ्न थालेका छन्।

वि.सं.२०७० सालमा भएको संबिधानसभाको निर्बाचनमा बैतडी क्षेत्र नं १ बाट विजयी हुनुभएका भण्डारीले २०७३ सालमा केपी ओलीको सरकारमा पुर्व अर्थराज्य मन्त्रीको रुपमा पनि काम गरिसक्नु भएको छ ।

त्यससँगै २ पटक सम्म निर्वाचित भइसक्नुभएका सांसद भण्डारीको विगतलाई हेर्ने हो भने सुदूरपश्चिमको विकासका क्षेत्रमा ठूलै योगदान रहेको देख्न सकिन्छ । तरपनि निर्वाचनका समयमा गरेका बचन बद्धता तथा कतिपय चुनावि एजेण्डा अझैपनि अलपत्र अवस्थामा रहेका छन् । यो जनगुनासो को बिषय बनेको छ।

विगत लामो समयदेखी राजनितिमा रहँदै आउनुभएका भण्डारी एक क्रियाशिल र युवा नेताको रुपमा चिनिदै आउनुभएको छ । निर्वाचित हुनुपुर्व जनताका माझमा पुग्नुभएको उहाँले उठाउनुभएका विकासका एजेण्डाहरुमध्ये पञ्चेश्वर बहुउद्धेशिय आयोजनाको निर्माण, जुलाघाटमा मोटेरेबल पुल निर्माण, पाटन क्षेत्रमा गुणस्तरिय अस्पालको निर्माण, बैतडीकै पाटन विमानस्थल सञ्चालन गर्ने, सुवालेक धौलकाँडा पत्थरखानि सडकखण्ड लगाएत थुप्रै मध्य पहाडी लोकमार्ग को निर्माण र स्तारोन्नति गर्ने भन्ने रहेका छन् ।

निर्वाचनको समयमा उठाइएका योजनाहरुमा कतिपय योजना कार्यान्वयन भएको छ भने अझै कतिपय योजनाहरु अलपत्र अवस्थामा नै रहेका छन् । बैतडीको मात्र नभएर समग्र सुदूरपश्चिमको विकासका प्रमुख आधार मानिने आयोजनाहरु समयमा निर्माण हुन नसक्दा आमजनता चिन्तित बन्दै गएका छन् ।
बैतडी का बिभिन्न क्षेत्रहरु लगायत सिगास गाउँपालिका का आम जनसमुदायले पनि बिबिध पक्ष हरुको पहल र बिकास का लागि प्रयत्न गरिरहेका छन । उनिहरुको भनाई छ केवल चुनाव को समयमा चुनावि एजेण्डा का लागि मात्र होइन समग्र जनता ,युवा ,बिकास र समृद्धिको लागि प्रतिबद्ध हुनुपर्छ ।
सिगास बासिका समस्या हरुलाइ पनि मध्यनजर गर्दै पहल गर्नुहुनेछ भन्ने आशा त्यहाँ का जनता ले व्यक्त गरेका छन्।

निर्वाचन भएको करिब २ वर्ष पुरा हुँदासम्म पनि विकासका गतिविधिहरू ले लिन नसकेको अवस्थामा अब के हुने हो भन्ने प्रश्न उठ्न थालेका बेला यसप्रति गम्भिर रुपमा सोच्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here