राष्ट्र र राष्ट्रियता

टेक सिंह धामी

tek sing

यहा अचेल विश्वास अनि भर हराउँछ।
दिनदिनै सिमाबाट जंगे पिलर हराउँछ।
अझै कहिले सम्म सुतेरै दिन बिताउने ?
ब्युझिनेछौ जब देश अनि घर हराउँछ।

नियम छैन न्याय छैन देशमा असल सरकार छैन
महलबाट राजनीति नेताको जनता सँग प्यार छैन
नुन देखि सुन सम्म सबै छिमेकी को भर पर्नुपर्छ
निर्धक्क खुलेर स्वाभिमानी हुँ भन्ने आधार छैन

सबै युवाहरु एकपटक साहसी बन्नै पर्छ।
देशद्रोही र भ्रष्टाचारी एक एक गन्नै पर्छ।
महान सहिदको नाम बदनाम गर्नेहरुलाइ
जुत्ताको माला लगाइदिने देशबाट निफन्न पर्छ।

सत्य रोपे सत्य, झुट रोपे खै के फल्छ भन्नुस ?
मान्छे मान्छे मा बिभेद कति दिन चल्छ भन्नुस ?
हामि सचेत नागरिक बनेर देश का लागि नपरे
कस्ले अनि कसरि सोच र देश बदल्छ भन्नुस ?

बैतडी सिगास

LEAVE A REPLY