नेपाल एअरलाइन्सलाई ‘मोस्ट पपुलर एयरलाइन्स अवार्ड

नेपाल वायु सेवा निगम ‘मोस्ट पपुलर एयरलाइन्स अवार्ड २०१९’बाट सम्मानित भएको छ । एयरलाइन्स अडिटर, रिभ्युअर्स, एयरलाइन्स ब्लगर, यात्रु तथा एभियसन पत्रकारहरुले गरेको समीक्षाका आधारमा नेपाल एयरलाइन्सलाई उक्त अवार्ड दिइएको एसोसिएसनका प्रमुख टीपीएस ग्रोबरले जनाएका छन् ।
‘एयरलाइन्स कृटिक्स एण्ड ब्लगर्स एसोसिएसन’ले उक्त अवार्ड प्रदान गरेको हो ।
मूल्यांकनका अन्य आधारहरुमा विमानस्थालमा यात्रुलाई गर्ने व्यवहार, उडानका बेला क्रु मेम्बरले गर्ने व्यवहार, खानाको गुणस्तर, सुरक्षित यात्रा, सिट, तथा मूल्य आदिलाई लिइएको उहाँले बताउनुभयो ।यस्तै एसोसिएसनले निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई ‘एयरलाइन सिइओ अफ द इयर’ का रुपमा समेत छनोट गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here