रहेनन् विकास वोर्डका अध्यक्ष भट्टराई

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । उनको हिजो राति करीब सवा बजे निधन भएको हो । भट्टाईको निधन हृदयाघातका कारण भएको हो । अकस्मात हृदयाघात भएपछि उनलाई राजधानीको चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउँदा उनको निधन भइसकेको अस्पताल श्रोतले जनाएको छ । ५१ वर्षीय भट्टराईले कैयन् चलचित्र निर्माण गएका थिए । पछिल्लो समय उनले ‘यात्रा’ नामक फिल्म निर्माण गरेका थिए । चलचित्रहरु र टेलिसिरियलहरुमा अभिनय गरेका केशवले ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका फिल्म निर्माण गरेका थिए । उनी ८ महिनाअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए । उनी नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका पूर्व केन्द्रिय सदस्य समेत हुन् । विद्युत प्राधिकरणमा कार्यरत रहँदा सरकराले उनलाई विकास वोर्डमा नियुक्त गरेको थियो । भट्टराईको परिवारमा एक छोरा र एक श्रीमती छन् ।

LEAVE A REPLY