लोकसेवाको विज्ञापनविरुद्ध शाखा अधिकृतहरु आन्दोलित

बुधबार लोकसेवा अयाोगले ठूलो संख्यामा अधिकृतहरुको विज्ञापन खोल्यो । आयोगले खुलातर्फ ७ सय ६८ र आन्तरिकमा ३ सय १९ जना गरी झण्डै ११ सय कर्मचारीको माग गरेको थियो । सो विज्ञापनविरुद्ध कर्मचारीहरु आन्दोलित भएका छन् । आयोगले खुलाएको विज्ञापनको समायोजनमा परेर प्रदेश र स्थानीय तहमा खटिएका अधिकृतहरूले विरोध जनाएका हुन् ।
कर्मचारी समायोजनमा गरिँदा पहिला शाखा अधिकृतहरुलाई संघमा दरबन्दी छैन भनेर प्रदेश र स्थानीय तहमा खटाइएको थियो । तर यसरी खटाइएको ६ महिना बित्न नपाई नयाँ विज्ञापन खोलिएसँगै उनीहरु आन्दोलित भएका हुन् । विशेष गरी कर्मचारी समायोजन ऐन, २०७५ अनुसार समायोजन भई अहिले प्रदेश र स्थानीय तहमा खटिएका ब्याच नम्बर ३०, ३१, ३२ र ३३ का शाखा अधिकृतहरूले नयाँ विज्ञापनको विरोध गर्दै राज्यका निकायहरुको ध्यानाकर्षण गराएका छन् । ती अधिकृतहरुले संसदको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठलाई भेटेर ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । पत्रमा समायोजनमा गएका कर्मचारीलाई निजामती भनिनुपर्ने, उनीहरू संघमा फिर्ता हुन पाउनुपर्ने, समायोजनमा गएका कर्मचारीलाई संघीय सेवा अन्तर्गत राख्नुपर्ने र संघका रिक्त दरबन्दीमा समायोजनमा गएकालाई फिर्ता ल्याउनुपर्ने राखिएका छन् ।

1 COMMENT

LEAVE A REPLY