स्थानीय तहको जागिर क- कस्का लागि उपयुक्त ?

तप्त उपाध्याय

स्थानीय तहको जागिरलाई अहिले तल्लो दर्जा को जागिर (स्थानीयको छैटौंभन्दा , संघको खरिदार ठुलो ?? जस्ता) भन्ने कुराको सन्दर्भमा :
१. नागरिक सेवा :
अपबाद बाहेक धेरै जसो रास्ट्रसेवक कर्मचारीले सरकारी जागिर गर्नुको उद्देश्य नागरिकको सेवा गर्नु हो । आम नागरिकका आधारभुत आबश्यकता लगायत Almost क्रियाकलापहरु स्थानिय तहबाटै सम्पादन हुनेहुँदा, म जनता र मुलुकको सेवा गर्छु भन्ने ब्यक्तीको लागि उत्तम बिकल्प हुन सक्दछ, स्थानीय तह ।
२. ब्यक्तित्व निर्माण :
स्थानीय  तह आफैं मा अधिकारले भरिपुर्ण, सम्पन्न छ । स्थानीय तहबाट फरक/ फरक प्रकृतिका कार्यसम्पादन गर्ने गरिन्छ । सामान्य खालका सिफारिसदेखि बजेट निर्माण लगायत संसदीय अभ्यासको प्रयोग गर्ने साथै बिकास निर्माणसङ्ग सम्बन्धित अथाह कार्यहरु गरिन्छन । तसर्थ हरेक प्रकारका कामहरु गर्न जान्न्ने सिक्ने अबसर प्राप्त हुन्छ ।
३. Deal गर्न सक्ने Capacity :
स्थानीय तह आफैंमा सरकार हो । स्वभावतः यसमा प्रमुख , उपप्रमुख लगायत राजनीतिक र प्रशासनिक team हुन्छ । नागरिकको सिंहदरबारको रुपमारहेको हुँदा नागरिकका अपेक्षा पनि स्वत: बढी हुन्छन। एकातर्फ राजनैतिक नेतृत्व अर्कोतर्फ नागरिक हुनेहुँदा, यी दुईको बीचको पुलको रुपमा कर्मचारीले कामकारबाही गर्नुपर्ने हुँदा कामको load अलि बढी हुन्छ , साथै pressure पनि । जसरी High Temperature अनि Pressure मा कोइलाले हिरा को रुप लिन्छ, त्यसैगरी स्थानीय तह काम गर्ने कर्मचारी हरेक सानोतिनो कुराबाट विचलित नभई  दक्ष, निपुण हुने गर्दछन।
४. पारिवारिक मिलन :
सरकारी जागिर पनि खान्छु अनि स- परिवार संगै बस्छु भन्ने ब्यक्तिहरुको लागि उपयुक्त हुन सक्छ स्थानीय तहको जागिर । बुढो भएका आमाबुवा लगायत परिवारका अन्य सदस्यसङ्ग बस्दै जागिर खानुको आनन्द लिन सकिन्छ।

राज्यको सेवा गर्न इच्छुकलाई संघ , प्रदेश वा स्थानीय कुनैको जागिरले फरक पर्दैन ।


५.अन्तरतह प्रतिस्पर्धा :
हुन त कानुन निर्माणकै क्रममा छ । तर बाहिर आएको कुरा अनुसार , अब बन्ने संघीय निजामती सेवा ऐनमा बहालवाला कर्मचारीलाई माथिल्लो पदमा खुला प्रतिस्पर्धामा भाग लिन नदिने ब्यबस्था अनुसार प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारिले अन्तरतह प्रतिस्पर्धा मार्फत माथिल्लो पदमा पुग्ने अबसर प्राप्त गर्न सक्छन । सङ्घिय कार्यालयमा कार्यरत कर्मचारिले पाउने आन्तरिक प्रतिस्पर्धा भन्दा अन्तरतह प्रतिस्पर्धामा कम Competition हुने हुँदा संघ को तुलनामा स्थानीय तहमा कार्यरत कर्मचारीले  माथिल्लो पदमा पुग्ने अबसर चाडाे पाउन सक्छ्न ।
अत : राज्यको सेवा गर्न इच्छुकलाई संघ , प्रदेश वा स्थानीय कुनैको जागिरले फरक पर्दैन । संघीयता कार्यान्वयनको महत्त्वपुर्ण घडीमा प्रदेश र स्थानीय तहमा समायोजित भएका रास्ट्रसेवक कर्मचारीहरुलाई राज्यले विशेष ब्यबस्था गरि खस्केको मनोबल उच्च पार्न जरुरी छ । यति भएसी जनताको दास बन्ने लक्ष्य लिएर सरकारी सेवामा होमिएका कर्मचारी हासी खुसी काम गर्न तयार हुन्छन , चाहे त्यो जुन सुकै सरकार को कर्मचारी को हैसियत मा पनि ।

LEAVE A REPLY