धमाधम भ्रष्टाचार मुद्धामा डामिँदै अख्तियारकै पूर्व आयुक्त र कर्मचारीहरु

लोकमान,दिप बस्यान्त,राजनारायण पाठकदेखि खगेन्द्र रिजालसम्म

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त तथा कर्मचारीहरु नै एक पछि अर्काे घुस काण्डमा फस्न थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुँदा नै लोकमान सिंह कार्की भ्रष्टाचार काण्डमा डामिए ।


महाअभियोग लागेर उनी निलम्बनमा परे । यस्तै उनी पछिका प्रमुख आयुक्त दीप बस्नेत पनि अछुतो रहेनन् । लोकमानसिंह कार्कीको आतंक सेलाएपछि अख्तियारको प्रमुख बनेका उनीसँग काठमाडौं बत्तीसपुतलीस्थित घर सात रोपनी कम्पाउन्डमा आलिसान बंगला,म्यानपावार व्यवसायी भीम रोक्काको नाममा लाजिम्पाटस्थित ग्याङजोङ होटल हाल हिमालय होटल तीन वर्षअघि दुई अर्ब १३ करोड रुपैयाँमा खरिद,रोयल क्यासिनोमा ३० प्रतिशत सेयर,–नारायणहिटी दरबारको उत्तरढोकामा रहेको पहिलेको टुकुचे थकाली भएको घरजग्गा रहेको भेटिएको छ । यस्तै काठमाडौं मण्डिखाटारमा नौ रोपनी कम्पाउन्डको विशाल बंगला,ललितपुरको भैंसेपाटीमा सात रोपनी जग्गा,नगरकोटमा ८५ रोपनी जग्गा,मेडिसिटी र चाबहिलको ओम अस्पतालमा ठूलो आर्थिक लगानी रहेको भेटिएको छ ।
लोकमान लोकमान सिंह कार्कीबाट शुरु भएको अख्तियारमाथिको धब्बा
दीप बस्नेत,राजनारायण पाठकसम्म पुग्यो ।

पूर्वआयुक्त राजनारायण पाठक भक्तपुरको इञ्जिनियरिङ कलेजसँग ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा डामिए ।

यसरी पछिल्लो समयमा अख्तियारमा बसेर गएका प्रमुख,आयुक्तदेखि कर्मचारी र प्रहरीहरुसम्म घुस प्रकरणमा मुछिएका छन् ।

यस अघि अख्तियारमै कार्यरत प्रहरी नायब उपरीक्षक श्यामकुमार राई भ्रष्टाचारमा मुछिए । उनी लामो समय अख्तिायरमा बसेर महानरीय प्रहरी वृतमा खटिएका थिए । व्यवसायीसँग १ लाख ४० हजार घुस रकमसहित अख्तियारको फन्दामा परे ।

यस्तै हालै मात्र दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल घुस प्रकरणमा मुछिए । उनी कुनै समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह प्रवक्तामा रुपमा कार्यरत थिए । कर्मचारीहरुका अनुसार जागिरे अवधिमा मालदा अड्डामा बसेर तर मार्ने र अन्त्यमा चोखो बन्नका लागि अख्तियार जाने प्रवृत्ति बढ्दो छ ।

LEAVE A REPLY