कर्मचारीमाथि नेताहरुको दादागिरी कहिलेसम्म ?

भीम उपाध्याय,पूर्व सचिव

भिम उपाध्याय,पूर्व सचिव

संघीय निजामती सेवामा हजारौं पद रिक्त हुदा हुदै पनि जबरजस्ति प्रदेश र स्थानीयमा निजामतीलाई पठाएर समायोजन गरिदिने अनि तिनलाई संघमा सरूवा हुने बाटो रोक्ने, सेवाशर्त तथा कानुन पनि नबनाई अनिच्छापूर्वक जबरजस्ति धकेलिदिने, संघमा हजारौं पद रिक्त राखेर लोकसेवाबाट अहिले नयॉ बिज्ञापन गरिदिने जस्ता गैरजिम्मेवारी, अन्यायपूर्ण र अत्याचारी काम सामान्य प्रशासन मन्त्रालयले गर्न पुगेको देखियो।
प्रदेश र स्थानीय तहमा कार्यसंचालन गर्ने उद्देश्यले प्रोभिजनल ऐनकानुन बनाएर निजामती कर्मचारीहरूलाई काज वा सरूवा गरिएको थियो र हो । तर नयॉ नियुक्त वा भर्खर बढुवा भएकाहरूलाई अब्यावहारिक, अस्थिर, अन्यायपूर्वक, अनिच्छापूर्वक समायोजन गरिदिदा हाल कर्मचारीहरूको मनोबल सेवा प्रवेश सुरू युवा उमेरदेखि अति नै खसिकेको देखिनु र सरकारले आफ्नो मेरूदण्ड संयन्त्रको मनोबल खस्काउनु राज्य संचालनका लागि घातक हुन्छ। संघीय कर्मचारीहरूलाई पद र दरवन्दी भएसम्म संघमा नै पुनस् समायोजन गरिदिने र पद रिक्त नभएको अवस्थामा स्वेच्छिक अवकाश वा स्थानीय तहमा काजमा पठाउने ब्यवस्था गरेर राजनीति भर्सस कर्मचारीतन्त्रको हालको भयानक द्वन्द्व अन्त्य गरिहाल्नुपर्छ। यस्ता अवान्छित द्वन्दले संघीयता सफल पार्ने मार्गमा ठूलो खति हुन सक्छ। सिधा बाटो छँदाछँदै घुमाउरो बाटोमा सरकार कदापी हिड्न हुदैन। सरकार सबैको हो, नेताहरूको कर्मचारीमाथिको दादागिरी अहिले हरेक तहमा अचाक्ली देखिदै छ। यस्ता कर्मचारीतन्त्रको सिद्धान्त र प्रणाली अबुझ, अनुभवहिन र तिक्त मनका नेताहरूको ब्यवहारबाट मुलुक उभो लाग्न सक्दैन।
वर्तमान समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीजीले तुरून्त यसमा गंभिर भई तत्काल हिजो हुन गएका गंभिर गलत समायोजन तरिका सच्याउनु हुने अपेक्षा गरेको छु। समायोजनलाई पहिला सच्याउने, अनि काम चलाउनका लागि कर्मचारी काजमा पठाउने, अनि यकिन अन्तिम रिक्त पदहरूमा नयॉ शर्तसहितको कानुन बनेपछि मात्र पदपूर्ति गर्नु नै सही दिगो, समन्वयकारी विवेकी र दिगो समाधान हो।

LEAVE A REPLY