किन टिक्दैनन् स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत ?

रामेछापको मन्थली नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत टेकराज रेग्मी मोरङ उर्लाबारी नगरपालिका सरुवा भए।रेग्मी उर्लाबारी पुगेको एक महिना नपुग्दै मेयर खड्गबहादुर फागो र उनीबीच विवाद सुरु भयो। दुई महिना नपुग्दै उनी त्यहाँबाट सरुवा हुन चाहे। यसको जानकारी उनले संघीय मन्त्रालयलका अधिकारीलाई गराए।हाल उनी प्रदेश १ सरकारको उद्योग, पयर्टन तथा वन मन्त्रालयमा कार्यरत छन्। उनी भन्छन्, ‘मेयरसाबले कानुन बाहिर गई काम गर्न दबाब दिनुभयो। काननुबाहिर म जान चाहिन।

त्यसैले म त्यहाँ धेरै समय टिक्न सकिन।’ फोगोले कानुन बाहिर गई करारका कर्मचाीलाई एक वर्ष म्याद थप गर्न दबाब दिएको रेग्मी गुनासो पोख्छन्।त्यसो त रेग्मी मन्थली नगरपालिकमा धेरै टिकेनन्। मन्थलीमा पनि उनी थोरै समय बसे। गत असोजमा उनले आफ्नो सरुवा प्रदेश १ को मन्त्रालयमा मिलाएका छन्।

यस्तो स्थिति उर्लाबारीमा मात्र छैन, प्राय देशभर स्थानीय तहमा यस्तै स्थिति छ। प्रायः सबै ठाउँमा लामो समय प्रमुख प्रशासकीय अधिकृत टिक्नै सक्दैनन्।अधिकांश नगरपालिकामा ६/६ महिनामा प्रमुख प्रशासकीय अधिकृत फेरिने गर्छन्। कुनै नगरपालिकामा त २÷३ महिनामै प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्।स्थानीय तहको निर्वाचनपछि मध्यपुर ठिमी नगरपालिकामा ३ वटा प्रमुख प्रशासकीय अधिकृत फेरिए। अघिल्लो महिनामा मात्र विश्वराज मरासिनी प्रमुख प्रशासकीय अधिकृत भई मध्यपुर थिमि नगरपालिकामा आएका छन्। मध्यपुर थिमि नगरपालिकामा मेयर मदनसुन्दर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिृकतबीच सुरुदेखि विवाद हुँदै आएको छ। श्रेष्ठ मेयरमा निर्वाचन हुने बेला मध्यपुर थिमिमा प्रमुख प्रशासकीय अधिृकत कमल ज्ञवाली थिए।त्यसको केही समयपछि श्रेष्ठ र ज्ञवालीबीच बोलचाल नै बन्द भयो। त्यसपछि महेश बराल आए। श्रेष्ठ र बरालबीच पनि त्यस्तै विवाद रह्यो। हाल मरासिनी प्रमुख प्रशासकीय अधिकृत भएका छन्।‘मेयर साबले दिएको निर्देशन नमानेपछि मेयरसाब र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद सुरु भएको हो।’ उपमेयर अञ्जना मधुकर्मी भन्छिन्, ‘स्थानीय तहका कर्मचारीले जनप्रतिनिधिलाई नटेरेपछि प्रमुख प्रशासकीय अधिकृत फेरिएका हुन्।’

LEAVE A REPLY