“किताब घोकेर सचिव बन्ने,सचिव बनेर नेताको दैलो चाहर्ने प्रवृत्ति तौडौं”

झपट रावल संघीय सांसद

सांसद झपड रावलले किताब घोकेर सचिव बन्ने,सचिव बनेर नेताको दैलो चाहर्ने प्रवृत्ति तोड्ने प्रस्ताव राखेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्य समेत रहेका रावलले यस्तो प्रवृत्तिले विकृती निम्ताएको भन्दै यो प्रवृत्ति तोड्न आवाज उठाएका हुन् ।नेकपा सांसद झपट रावलले अहिले सचिव हुने समयसम्म किताब घोक्ने र सचिव बनेपछि नेताको घर धाउने प्रवृत्ति भएको भन्दै यसमा समाधान खोज्नुपर्ने बताए ।‘अहिलेसम्मको यथार्थलाई हेर्ने हो भने सचिव नभएसम्म किताब घोक्ने र सचिव बनेपछि नेताको दैलो चाहार्ने प्रवृत्ति छ, यसलाई कसैगरी तोड्नुपर्छ’, नेता रावलले भने ।

नेकपा सांसद पम्फा भुसालले खुल्ला प्रतिस्पर्धाबाट सहसचिव ल्याउने विषयले कर्मचारी बिदा लिएर पढ्न जाने र मन्त्रालयको काम नहुने भएको भन्दै कार्यसम्पादन मूल्यांकनलाई आधार मान्नैपर्ने बताइन् । समिति सभापति शशि श्रेष्ठले यस  बिषयमा कानुन कानुन सक्रिय बनाउन चाहेको बताइन् ।

सोही बैठकमा  राजनीतिक दलमा आबद्ध कर्मचारीलाई खारेज गर्न सांसदहरुले माग गरेका छन् । कतिपय कर्मचारीहरूले पार्टीलाई लेबी नै बुझाउने गरेको तथ्य खुलेकाले कानुनी उपचार आवश्यक रहेको बताएका छन् । कांग्रेस सांसद अमरेशकुमार सिंहले कर्मचारी पनि दल विशेष हुने र राजनीतिक दललाई लेबी बुझाएर ढुक्कले बस्ने गरेको बताए । उनले भने, ‘कुनै दलमा आबद्ध भएको प्रमाण भेटिए त्यस्ता कर्मचारीलाई खारेज किन नगर्ने, किन सुविधा कटौती नगर्ने कानुले स्पष्ट पार्नु पर्छ ।’

 

 

 

1 COMMENT

  1. किताब घोकेर सचिव बन्ने,सचिव बनेर नेताको दैलो चाहर्ने प्रवृत्ति तौडौं
    ———————————————————-
    यस्ता कुरा गर्नु भन्दा पहिला हाम्रो बढुवा प्रणाली र लोकसेवाको पठ्यक्रम कस्तो छ त्यो बुझौं । कार्य सम्पादनका आधारमा बढुवा हुँदैन । खुलाबाट पास गर्न घोक्नै पर्छ । नघोकेकालाइ पास गराउँदैनन् विज्ञ भनाउँदाले । यस्तो बढुवा प्राणलीले गर्दा पुरै समय काम गरेर पढाइ पुग्दैन । कि त पाढाइ कि त काम । काम मात्र गरेर बढुवामा केही फाइदा छैन भने किन काम गर्ने ? आफूसंगै जागिर खाएको साथी काम ठगेर पढ्छ हाकिम हुन्छ । आफु मरेर काम गर्यो त्यसको कतै मूल्याङ्कन छैन । त्यसैले पहिला पढ्ने बचेको समयमा काम गर्ने ।

LEAVE A REPLY