स्थानीय सेवामा कार्यरत कर्मचारी प्रदेशभरका जिल्लामा सरुवा हुनसक्ने

सरकारले स्थानीय सेवामा कार्यरत कर्मचारीलाई निश्चित आधार र मापदण्ड बनाएर सरुवा गर्ने भएको छ ।  राज्य व्यवस्था समितिमा ‘संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’अन्तर्गतको संघ, प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्धबारे छलफल गर्न बसेको समितिको बैठकले स्थानीय तहमा कार्यरत कर्मचारीलाई निश्चित आधार र मापदण्ड बनाएर मात्र सरुवा गर्ने सहमति गरेको छ ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले कर्मचारीलाई एक ठाउँमा राख्नु भन्दा सरुवा गर्नुपर्ने बताए । उनले आधार र मापदण्ड बनाएर सम्बन्धित प्रदेशका कर्मचारीलाई एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गर्नुपर्ने बताए ।समितिका सभापति शशी श्रेष्ठले चक्रिय प्रणाली अनुसार स्थानीय तहका एक स्थानीय तहबाट अर्को स्थानीय तहमा कर्मचारीलाई सरुवा गर्न व्यवस्था गर्न थालिएको जानकारी दिए । समिति सदस्य रेखा शर्माले एक प्रदेशका कर्मचारी अर्को प्रदेशमा पठाऔं भन्ने संघीयताको मर्म नहुने भन्दै प्रदेशभित्र नै सरुवा गर्नुपर्ने बताए ।

कांग्रेस सांसद दिलेन्द्र बडू लगायतले अन्य प्रदेशमा पनि जान पाउने प्रवधान राख्नुपर्ने माग गरे । नेकपाका सांसद झपट रावल समेतले निश्‍चित अवधिपछि अन्य प्रदेशमा जान सक्ने व्यवस्थामा पनि छलफल गरिनुपर्ने बताएका थिए।अन्तत:एकै प्रदेशमा सरुवाको व्यवस्था मिलाउने गरी प्रदेश कानुन बनाउन सहमति जनाइएको हो।  सम्बन्धित प्रदेशमा रहेका स्थानीय तहमा कार्यरत स्थानीय सेवाका कर्मचारीलाई  निश्‍चित आधार र मापदण्ड निर्धारण गरी सम्बन्धित सोही प्रदेशभित्रको अर्को स्थानीय तहको समान पदमा सरुवा गर्नुपर्ने’ छलफलमा रहेको  कर्मचारी विधयेकमा व्यवस्था गरिएको छ। त्यसपछि स्थानीय तहको सहमतिको लिएर सरुवा गर्न पाउने सहमति जुटाइए पनि पुन: प्रदेश कानुन व्यवस्था गर्ने गरी सहमति जुटाइएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here