शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य देशका पर्यटकको सङ्ख्या बढ्दै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य देशका पर्यटकको सङ्ख्या चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमै ६८५ पर्यटकले अवलोकन गरेका छन् ।

चालू आवको साउनदेखि हालसम्म स्वदेशी ६०१, सार्क मुलुकका ४० र विदेशी ४४ पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । आव २०७५/ ७६ को असार मसान्तसम्म स्वदेशी पाँच हजार ७४०, सार्क मुलुकका १५४ र विदेशी १७५ ले निकुञ्ज अवलोकन गरेका थिए । आव २०७४÷७५ मा चार हजार ७४० पर्यटकले अवलोकन गरेका थिए ।

स्वदेशी चार हजार २८१, सार्क मुुलुकका २६६ र विदेशी १९३ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । आव २०७३/७४ को सोही अवधिमा निकुञ्जमा दुई हजार ६४० पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । स्वदेशी दुई हजार ३७३, सार्क मुलुकका १३० र विदेशी १३७ ले निकुञ्ज अवलोकन गरेका थिए । आव २०७२/७३ मा निकुञ्जमा एक हजार ६४९ पर्यटकले अवलोकन गरेका थिए । स्वदेशी एक हजार ६४९, सार्क मुलुकका ९५ र विदेशी १७५ ले निकुञ्ज अवलोकन गरेका थिए ।

निकुञ्जको प्रचार–प्रसार, आरक्षबाट निकुञ्जमा स्तरोन्नति र निजी क्षेत्रबाट पर्यटक बढाउनका लागि गरिएका प्रयासले पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको निकुञ्जका सूचना अधिकारी उत्तम चौधरीले बताए ।

निकुञ्ज घुम्न आउने स्वदेशी, विदेशी पर्यटकको रोजाइमा घाँसेमैदान, सिमसार क्षेत्र, तालतलैया, पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती, बाह्रसिङ्गा, कृष्णसार, निलगाई, चितुवा, चितल, लगुना, बँदेल, हिसपिडखरायो र विभिन्न प्रजातिका चराहरु पर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here