विश्व प्रजातान्त्रिक युवा संघको उपाध्यक्षमा युवा संघ नेपाल निर्वाचित

विश्व प्रजातान्त्रिक युवा संघ (डब्लुएफडीवाई)को उपाध्यक्षमा राष्ट्रिय युवा संघ नेपाल निर्वाचित भएको छ। डिसेम्बर २ देखि ७ तारिखसम्म साइप्रसमा भएको संघको २० औँ अन्तरराष्ट्रिय सम्मेलनबाट उपाध्यक्षमा युवा संघ नेपाल निर्वाचित भएको हो।

उनी नेकपा निकट राष्ट्रिय युवा संघ नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागी भएका थिए । मञ्चमा नेपालको तर्फबाट नेकपा निकट युवा संघसँगै अनेरास्ववियु पनि सदस्य रहेको छ । नेपालले सम्मेलनमा सन् १९९३ बाट सहभागिता जनाउँदै आएको छ ।

युवा संघको विदेश विभाग उपप्रमुखसमेत रहेका भुषाल यसअघि सोही मञ्चको एसिया क्षेत्र संयोजक भएका थिए ।

विश्वका ६३ देशका ९५ युवा संगठनहरु आबद्ध रहेको यस मञ्चको अन्तर्राष्ट्रिय अध्यक्ष भने स्पेनका अरित आरजी निर्वाचित भएका छन् ।

पर्वतको बिहादी गाँउपालिका उराम स्थायी घर भई काठमाडौमा बस्दै आएका भुषाल सफल युवा उद्यमी पनि हुन् ।

LEAVE A REPLY