“राजनीतिकर्मीले कर्मचारीलाई किन खराब देख्छन् ?”

प्रचण्डलाई पूर्व सचिव त्रितालको जवाफ

नेकपाको अध्यक्ष प्रचण्डले पूराना कर्मचारीका कारण संघीयता धरापमा परेको अभिव्यक्ति दिएसँगै कर्मचारी वृत्त चिढिएको छ । सुदूरपिश्चम प्रदेश सरकारले आयोजना गरेको वित्तीय सम्मेलनमा नेकपाका अध्यक्ष प्रचण्डले पूरानै मानसिकता बोकेका कर्मचारीका कारण जति राजनीतिक परिवर्तन भए पनि देश सफल हुन नसकेको र त्यही कारण पूरानो मानसिकता बोकेका कर्मचारीलाई ससम्मान बिदा नदिएसम्म परिवर्तनको महसुस जनताले गर्न नपाउने अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्ति सार्वजानिक भएको भोलीपल्टै नेपाल सरकारका पूर्व सचिव शारदा प्रसाद त्रितालले गतिलो जवाफ फर्काएका छन् । उनले नेताहरुले कर्मचारीहरुलाई खराब देख्नुका आठ कारण सहित प्रचण्डलाई जबाफ फर्काएका हुन् । त्रिताल तिनै पात्र हुन जस्ले चर्चित बालुवाटारस्थित जग्गा प्रकरण बाहिर ल्याएका थिए ।

राजनीतिकर्मीले कर्मचारीलाई किन खराब देख्छन् ?

अहिले नेपालमा राजनीतिक कर्मी (राजनीतिक दलका नेता र कार्यकर्ता तथा मन्त्रिमण्डलका सदस्य समेत) ले प्रशासकहरु प्रति शायद इतिहास मै सबैभन्दा बढी आलोचना गर्ने गरेको र प्रशासनयन्त्र विरुद्ध खुलेर लागेको देखिएकोछ । मेरो विचारमा देहायका कारणले यस्तो भएको हुन सक्छ –

(१) अधिकांश नेता तथा कार्यकर्ताको संगत त्यस्ता कर्मचारीसँग हुन्छ जो कामचोर, भ्रष्ट र कम ज्ञान सीप भएको हुन्छ किन कि यस्ता कर्मचारी मात्र नेता तथा कार्यकर्ताकोमा धाएर उनिहरुलाई जसरी पनि आफुप्रति आकर्षण गराउन प्रयास गरिरहेका हुन्छन् । अधिकांश नेताहरुले यिनकै मात्र कुरा सुन्ने गरेको पाइन्छ ।

(२) प्राय सबै भ्रष्ट कर्मचारीले मन्त्री, नेता तथा कार्यकर्तालाई चुनाव खर्च लगायत अन्य दैनिक खर्चमा सहयोग गरेका हुन्छन् । र ती राजनीतिककर्मीले सबै कर्मचारी यस्तै भ्रष्ट र हुने खाने हुन्छन् भन्ने धारणा बनाएका हुन्छन् ।

(३) नेपालका राजनीतिक दलहरुले लोकतन्त्रमा प्रशासनयन्त्रको मर्म र भूमिका बारेमा स्पस्ट दृष्टिकोण बनाउन सकेका छैनन् जसले गर्दा हरेक राजनीतिक व्यक्तिले राजनीतिक सोच भन्दा पनि व्यक्तिगत सोचका आधारमा कर्मचारीका सम्बन्धमा आफ्नो धारणा राख्ने गर्छन् ।

(४) इमानदार र योग्य कर्मचारी नेताहरुकोमा धाउँदैनन् र कानून विपरीत कुनै पनि किसिमको सहयोग गर्दैनन् । त्यसैले ती कर्मचारीप्रति नेताहरुको धारणा नकारात्मक हुन्छ ।

(५) इमानदार र योग्य कर्मचारीले कानून र पद्धति नाघेर काम गर्दैनन् । कानून र पद्धति मिचेर काम गराउन चाहने नेताहरु ती कर्मचारीप्रति नकारात्मक हुन्छन् ।

(६) भ्रष्ट र कामचोरहरुले इमान्दार कर्मचारीको बारेमा गलत सूचना नेताहरुलाई दिन्छन् । त्यसैले ती कर्मचारीप्रति नेताहरुको धारणा नकारात्मक हुन्छ ।

(७) यदि स्थायी कर्मचारीले काम नगरेको वा सहयोग नगरेको मान्ने हो भने नेताहरुको सिफारिसमा राजनीतिक नियुक्ति गरिएका पदाधिकारीहरुको कार्यसम्पादन कर्मचारीको भन्दा कुनै राम्रो देखिएको छ आजसम्म !

(८) संविधान बनेपछिको शासकीय व्यवस्था अनुरुप प्रशासनमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्ने विज्ञसहितको कार्यदल वा समिति वा आयोग बनाउन नेताहरुले किन आवश्यक ठानेनन् !

पूराना मानसिकताका कर्मचारीले संघीयता धरापमा पारे, तिनलाई स-सम्मान बिदा दिँऊ

LEAVE A REPLY