कर्मचारीलाई मन्त्री अर्यालको निर्देश :- चुल्ठे मुन्द्रेसँग नडराउनु,हात्ती-गैडामा नलोभिनु

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको मूलद्वारदेखि नै झल्किनुपर्ने बताएकीछिन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागद्वारा आयोजित आर्थिक वर्ष २०७५। ७६ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अर्यालले कर्मचारीहरुलाई ठूला मुन्द्रा लगाउनेहरुसँग नडराउन र हात्ती गैडासँग नलोभिई सेवाग्राहीको सेवामा सर्मपित हुन निर्देशन दिदैं कर्मचारीहरुलाई आफ्नो व्यवस्थापकीय क्षमता कार्यालय प्रवेशसँगै झल्किने गरी काम गर्न आग्रह समेत गरेकी छिन् ।
मन्त्री अर्यालले राष्ट्रसेवक कर्मचारीले जागिरे मानसिकताबाट माथि उठेर काम गर्नुपर्नेमा जोड दिँदै कर्मचारीहरुले उच्च मनस्थिति र सेवा भावनाका साथ कार्य क्षेत्रमा लाग्न अनुरोध समेत गरिन् । मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले कर्मचारीले जनतालाई सर्वसुलभ तरिकाले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए। यस्तै विभागका महानिर्देशक कृष्णप्रसाद ज्ञवाली, नापी विभागका महानिर्देशक प्रकाश जोशी, गुठी प्रशासक नारायण चौधरी, कास्की जिल्लाका प्रजिअ रमेशकुमार केसीले आधुनिक प्रविधियुक्त सेवालाई प्रभावकारी बनाइँदै लगिएको जनाए ।

LEAVE A REPLY