प्रधानमन्त्री ओली अपरान्ह ३ बजे अस्पतालबाट डिस्चार्ज हुने

आज अपरान्ह ३ बजे प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुने मन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।
एक ट्वीट गर्दै थापाले भने, सम्माननीय प्रधानमन्त्रीज्यू अपरेशनपछि पूर्ण स्वास्थ्यलाभ गरेर आजै दिउँसो ३ बजे अस्पतालबाट डिस्चार्ज हुनुहुने भएको सुखद समाचार सबैका जानकारीका लागि अनुरोध गर्दछु ।एक साता अघि गत मंगलवार पेट दुखेपछि प्रधानमन्त्री ओली महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । डाक्टरहरूले गरेको परीक्षणमा उनको एपेन्डिक्समा संक्रमण भएको देखिएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो ।

LEAVE A REPLY