निजामती सेवालाई आकर्षणको थलो बनाइन्छ :-मन्त्री त्रिपाठी (भिडियोसहित)

Sharing is caring!

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले निजामती सेवालाई आकर्षणको थलो बनाइने बताएका छन् । पश्चिम नवलपरासीमा आयोजित स्वागत कार्यक्रममा सम्बोधन गर्दै उनले कर्मचारीको समायोजनमा देखिएको समस्यालाई समाधान गरिने र कर्मचारीसम्बन्धी विधेयकलाई आवश्यकता अनुसार संशोधन गरिने जानकारी दिए । मन्त्री त्रिपाठीले प्रदेश र स्थानीय तहमा निरन्तर २ वर्षसम्म बस्ने कर्मचारीलाई बढुवाको व्यस्थापन गरिने चर्चा गर्दै स्थानीय तहमा आर्थिक अनुशासन पारदर्शीतासहित बजेटको पूर्ण सदुपयोगका आधारमा केन्द्रबाट आवश्यकताअनुसार अनुदानको व्यवस्थापन गरिने बताए ।

प्रतापपुर गाउपालिकामा स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी..

Posted by Angad Yadav on Wednesday, December 4, 2019

 

Sharing is caring!

LEAVE A REPLY