सुन मूल्य आज आठ सयले बढ्यो

Sharing is caring!

आज नेपाली बजारमा सुनको भाउ ह्वातै उकालो लागेको छ ।
महासंघका अनुसार बुधबार बजारमा छापावाल सुन प्रतितोला ७२ हजार दुई सय र तेजावी सुन प्रतितोला ७१ हजार नौं सय रुपैयाँ निर्धारण भएको छ ।
सोमबार र मंगलबार प्रतितोला ७१ हजार चार सय रुपैयाँ स्थिर मूल्यमा कारोबार भएको सुन बुधबार एकै पटक प्रतितोला आठ सय रुपैयाँ वृद्धि भएको हो । त्यस्तै सोमबार र मंगलबार प्रतितोला ८५० रुपैयाँ स्थिर मूल्यमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १५ रुपैयाँ वृद्धि भएर प्रतितोला ८६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Sharing is caring!

LEAVE A REPLY