महोत्तरीमा पिकअप दुर्घटना : २ को घटनास्थलमै मृत्यु, १५ घाइते

Sharing is caring!

पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको लक्ष्मिनीयामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

मंगलबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाही तर्फबाट बर्दिबास आउँदै गरेको ना ५ च १२२७ नम्बरको पिकअप अनियन्त्रित भएर बर्दिबास नगरपालिका वडा नं. ५ मा दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

मंगलबार राति गढिमाइबाट धनुषा आउँदै गर्दा विपरित दिशाबाट गैरहेको ट्रकले हेडलाईट डिम नगर्दा अनियन्त्रीत भई सडकबाट तल खसेको घाईतेहरुले बताएका छन् । पिकअप चालकलाई ईलाका प्रहरी कार्यालय बर्दिवासले नियन्त्रणमा लिएको छ ।

मृत्यु हुनेमा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. २ की सकुन्तला देवी र भारत बिहारको जयनगरकी ६५ वर्षीया वर्षनिया महतो रहेको महोत्तरी प्रहरीले जनाएको छ। उनीहरु सबैजना गढीमाई मेलाबाट फर्किरहेका थिए ।

Sharing is caring!

LEAVE A REPLY