२५ वर्षभन्दा मुनिकालाई मदिरा बेचबिखन र सेवनमा रोक

Sharing is caring!

 

जुम्लाको पातारासी गाउँपालिकाले २५ वर्ष सम्मका युवा युवतीलाई मदिरा बेचबिखन र सेवनमा रोक लागाएको छ ।

जुम्लाको बजार क्षेत्र भन्दा अत्याधिक मदिरा सेवन बढेका कारण बिभिन्न हिंसात्मक गतिबिधि बढेको भन्दै पातारासी गाउँपालिकाले प्रतिबन्ध लगाएको हो। मदिराका कारण सबै भन्दा बढी महिला तथा बालबालिका हिंसामा पर्ने गरेका छन्। १६ दिने लैगिंक हिंसाविरुद्धको अभियान चलिरहेका बेलागाउँपालिकाले युवायुवतीलाई मदिरामा प्रतिवन्ध लगाएको हो।

उक्त अभियानको अवसरमा गाउँपालिकामा रहेको महिला तथा बालबालिका शाखा मार्फत गाउँमा गठन भएका महिला समुह, सहकारी र युवाहरुलाई सचेतनामुलक कार्यक्रम गर्न लगाइएको छ।

Sharing is caring!

LEAVE A REPLY