पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन खुल्ला (सूचनासहित)

Sharing is caring!

अहिले कार्यकारी रहेका दिपकराज जोशीको कार्यकाल सकिन लागेपछि नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सिइओ)का लागि आवेदन खुला भएको छ।

सरकारी निजी साझेदारी मोडलमा स्थापना भएको यो संस्थाको सिइओ हुनका लागि अबको २१ दिनभित्र आवेदन दिइसक्नुपर्छ। प्रकाशित विज्ञापनअनुसार सिइओ हुनका लागि कुनै पनि विषयमा स्नात्तोकोत्तर उत्तिर्ण भएको हुनुपर्छ। कुनै पनि अपराधिक वा फौजदारी अभियोग नलागेको व्यक्ती हुनुपर्ने छ।

पर्यटन क्षेत्रमा कम्तिमा १० वर्षको अभुनव भएकाले आवेदन दिनसक्ने यसमा छनौट हुनका लागि व्यावासायिक प्लान तथा भाषागत दक्षता पनि हुनुपर्छ।

३५ देखि ६० वर्ष उमेरभित्रका स्नाकोत्तर गरेका व्यक्तिले आवेदन दिन सक्ने बोर्डले जनाएको छ। सूचना जारी भएको मितिले २१ दिनभित्र आवेदन दिन सकिने बोर्डले जनाएको छ।

Sharing is caring!

LEAVE A REPLY