बागलुङको बडिगाड गाउँपालिकामा जिप दुर्घटना, १३ को मृत्यु

Sharing is caring!

बागलुङको बडिगाड गाउँपालिका–७ घोपर्नामा सडक साँघुरो भएको र यात्रु कोचाकोच भएकाले जिप दुर्घटना भएको छ । उक्त दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।

गुल्मीको तम्घासबाट बुर्तिबाङ आउँदै गरेको जिप मंगलबार बिहान दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिए ।

सडक साँघुरो भएको र यात्रु कोचाकोच भएकाले दुर्घटना भएको प्रहरीको भनाइ छ । मृत्यु हुनेको सनाखत भइसकेको छैन । स्थानीवासी र प्रहरीले घटनास्थल पुगेर उद्धार गरेका थिए ।

Sharing is caring!

LEAVE A REPLY