पेट्रोल र डिजलको भाउ बढ्यो

Sharing is caring!

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ बढाएको छ ।

भारतको इन्डियन आयल कर्पोरेसनबाट भाउ बढेर आएका कारण नेपालमा मूल्य समायोजन गरिएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १ सय ९ रुपैयाँ र मट्टितेल र डिजलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने बढाइएको छैन ।

वृद्धि भएको मूल्य सोमबार राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले आइतबार पठाएको मूल्य सूचीमा इन्धनको मूल्य बढाएर पठाएका कारण पेट्रोल, डिजेल मट्टीतेलको मूल्य बढाइएको प्रवक्ता गोइतले जानकारी दिएका छन् ।

आईओसीले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्यसमेत बढाएर पठाएको भए पनि त्यसको मूल्य भने नबढाइएको निगमले जनाएको छ ।

Sharing is caring!

LEAVE A REPLY