गगनले सरकारलाई दिए चेतावनी – शैली सच्याउ नत्र सकिन्छौ

Sharing is caring!

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका गगन थापाले उपनिर्वाचनले नेकपालाई स्पष्ट सन्देश दिएको भन्दै सरकारको शैली सच्याउन ट्वीटरमार्फत चेतावनी दिएका छन् ।

थापाले नेपाली काँग्रेसले पनि उपचुनावमा खासै सफलता हासिल गर्न नसकेको स्वीकार्दै भनेका छन्, – तर सन्देश हामीलाई पनि त छ ।’

थापाले लेखेका छन्, – नेकपासँग बिरक्तिएको मनलाई तिम्रो मतमा बदल्न चाहन्छौ भने पहिला आफै बदलिउ । मतदाताको यो सन्देशलाई बुझ्ने कि पछि पछुताउने यो हाम्रो कुरा ।’

शनिबार भएको उपचुनावमा नेकपाले ५२ मध्ये ३० र कांग्रेसले १३ सिट जितेको थियो । तर कांग्रेसले भक्तपुरबाट प्रदेश सांसद र धरान उपमहानगरपालिकाबाट मेयर खोस्न सफल भएको थियो ।

Sharing is caring!

LEAVE A REPLY